पाटन ललितपुर। सुशासन प्रवर्द्धनमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुने भएकाले सूचनाको हकलाई उपयोग गरी हरेक किसिमका अनियमितता रोक्नेतर्फ नै पत्रकारले आफूलाई क्रियाशील राख्नुपर्नेमा जोड दिइएको छ । वाग्मती गाउँपालिका– २ सँगको सहकार्यमा नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले आज यहाँ आयोजना गरेको ‘सूचनाको हक प्रवर्द्धनमा पत्रकार महासङ्घको भूमिका कार्यक्रम’मा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष उमीदप्रसाद बागचन्दले सूचनाको हकको…