काठमाडौँ, । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीको उमेरहदसम्बन्धी आफूले यसअघि राखेको प्रस्ताव कसैको व्यक्तिगत स्वार्थमा नभएको प्रष्ट पारेका छन् । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आजको बैठकमा उनले छलफलकै क्रममा आफूले राखेको प्रस्ताव कुनै एक कर्मचारीको स्वार्थमा केन्द्रित नभएको प्रष्ट पारेका छन् । “अवकाशको उमेरहदका विषयमा धेरै छलफल भयो, सबैले आफ्नो तर्क…