जनकपुरधामको विकासका लागि स्थुल र सुक्ष्म दुई आधार महत्वपूर्ण परिलक्षित हुन्छ । स्थुल आधारअन्तर्गत विद्यमान भौतिक संरचनाको ऐतिहासिक, धार्मिक, पुरातात्विक र पर्यटकीय महत्व रहिआएको छ । यी स्थलको खोजी, पहिचान र संरक्षणसहित पर्यटकीय गन्तव्यका रुपमा प्रवद्र्धन गर्न सुन्दर संरचनाका लागि सुन्दर नक्शा नै कोर्नुपर्ने यथार्थतर्फ ध्यानाकर्षण गराइरहेको छ । यसका लागि ‘बान्डिङ’का विषयलाई सम्भाव्यका रुपमा…