काठमाडौं, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज सकिँदै छ। मधेश प्रदेशको महोत्तरीको जलेश्वरमा सोमवारबाट सुरु भएको बैठकको अन्तिम दिन आज पनि विभिन्न विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ। आजको बैठकमा महाधिवेशन कार्यविधि तथा प्रक्रियाका विषयमा केन्द्रीय सदस्य तथा सांसदहरूले आ–आफ्नो धारणा राख्ने छन्। यस्तै पार्टीको नीति…