काठमाडौं – उपत्यकाको सुरक्षा अवस्था बिहान नौ बजेसम्म सामान्य छ । तर आज बिहान साढे दश बजेबाट हुने भनिएका दुई समूहका प्रदर्शनका कार्यक्रममा अप्रिय घटना हुन नदिन सुरक्षा निकायले आफ्ना सबै संयन्त्रलाई सडकमा परिचालन गरिसकेको छ। आज (बिहीबार) मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र प्रमुख प्रतिपक्ष दल आबद्ध नेकपा एमाले आबद्ध २३ सङ्गठनहरूले प्रदर्शनका कार्यक्रम राखेका…