काठमाडौं, – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध सदनमा कुरा उठेपछि बोल्न पाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भोलि आफूले बोल्न पाउने विश्वास व्यक्त गरे। उनले भने, ‘पहिला मैले बोल्न पाउनुपर्छ, त्यसपछि जवाफ नै चित्त बुझेन भने उहाँहरूको अधिकारको हामी सम्मान…