प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं एक्सप्रेस

काठमाडौं- प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुँदैछ ।

बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तरको कार्यसूची रहेको छ।

‘प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने छ,’ संसद्को सम्भावित कार्यसूचीमा उल्लेख छ।

आज १२ जना सांसदहरूले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न सोध्ने संसद् सचिवालयले जानकारी दिएको छ।

त्यस्तै आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भनेर प्रस्ताव गर्ने पनि कार्यसूची रहेको छ।

Logo