एसिया कपमा भारतसँग पराजित हुँदै बाहिरियो नेपाल

एसिया कपमा भारतसँग पराजित हुँदै बाहिरियो नेपाल

काठमाडौं एक्सप्रेस

श्रीलंका- नेपालले एसिया कप क्रिकेटमा विश्व क्रिकेटको शक्ति भारतसँग १० विकेटले पराजित भएको छ ।

भारतले टस जितेपछि ब्याटिङको निम्तो पाएको नेपाल पालेकेले क्रिकेट रंगशालामा ४८.२ ओभरमा २ सय ३० रनमा अलआउट भएको थियो । भारतले जवाफमा २.१ ओभरमा १७ रन बनाएको अवस्थामा खेल वर्षाले झन्डै २ घन्टा बिथोलेको थियो ।

एसिया कपमा नेपालको यो पहिलो सहभागिता थियो ।

बुधबार प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको नेपाल समूहचरणबाटै बाहिरिएको छ । शनिबार भारत र पाकिस्तानको खेल वर्षाले अवरुद्ध पारेको थियो । पाकिस्तान यसअघि नै सुपर फोरमा पुगिसकेको थियो ।

Logo