प्रधानमन्त्री प्रचण्डलाई छिटो विश्वासको मत लिन रास्वपाको आग्रह

प्रधानमन्त्री प्रचण्डलाई छिटो विश्वासको मत लिन रास्वपाको आग्रह

काठमाडौं एक्सप्रेस

काठमाडौं, – राजीनामा बुझाउन बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छिटो विश्वासको मत लिन प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डलाई आग्रह गरेको छ ।

बिहानको छलफलमा प्रधानमन्त्रीले आफूले संवैधानिक अधिकार प्रयोग गर्ने र संसदलाई जवाफ दिने बताएकाले तत्कालै विश्वासको मत लिन आग्रह गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

‘संसदलाई फेस गरिरहँदा मलाई साथ दिनुस् भन्नुभयो । हामी त्यसै पनि अर्को गठबन्धनमा, अर्को सरकारमा जाँदैनौं’, परियारले भने, ‘हाम्ीले उहाँलाई तत्कालै जतिसक्दो चाँडो संसदलाई फेस गर्ने मिलाउनुहोला, हामी पनि पार्टीमा आन्तरिक छलफल गर्छौं भन्यौं ।

Logo