इराकको संसदमा विवादास्पद कानुन पेश

इराकको संसदमा विवादास्पद कानुन पेश

काठमाडौं एक्सप्रेस

काठमाडौं, – विवाहको उमेर घटाउने विवादास्पद कानुन इराकको संसदमा पेश भएको छ । यसअनुसार महिलाले ९ र पुरुषले १५ वर्षको उमेरमा विवाह गर्न सक्नेछन् ।

हालको इराकी कानुनमा विवाहका लागि १८ वर्षको उमेर तोकिएको छ । इराकको कानुन मन्त्रालयले संसदमा पेश गरेको कानुनमा विवाहका लागि धार्मिक कानुन वा फौजदारी कानुन रोज्ने अधिकार दिइएको छ ।

यसको महिला अधिकारकर्मीहरुले आलोचना गरेका छन् । यो कानुन पास भएमा ९ वर्षको बालिका र १५ वर्षका बालकले विवाह गर्न सक्नेछन् ।

यसले बालविवाह बढ्ने चिन्ता छ । साथै यसले किशोरीहरुको शिक्षा, स्वास्थ्यमा नराम्रो प्रभाव पार्ने मानवअधिकारवादी संघ सस्थाको चिन्ता छ ।

Logo