भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण

भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण

काठमाडौं एक्सप्रेस

खाँदबारी सङ्खुवासभा। भोटखोला गाउँपालिका–१ किमाथाङ्कास्थित हिमाल आधारभूत विद्यालयका विद्यार्थीलाई सशस्त्र प्रहरी बलले न्यानो कपडा वितरण गरेको छ ।

चैनपुरस्थित–४ अरुण गुल्मको आयोजनामा सीमावर्ती क्षेत्र किमाथाङ्कामा शुक्रबार आयोजित कार्यक्रममा ३० विद्यार्थीलाई न्यानो लत्ताकपडा वितरण गरिएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सृजना थपलिया, स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक तथा अभिभावकहरूको उपस्थितिमा विद्यार्थीलाई जाडोमा सहजताका साथ विद्यालय आउनजान सहयोग पुग्ने उद्देश्यले कपडा वितरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी थपलियाले सशस्त्र प्रहरी बल केवल सुरक्षाकर्मीमात्र होइन, समुदायसँग जोडिएर सामाजिक उत्तरदायित्व वहन गर्दै आएकाले यस्तो अभियानले स्थानीयमा सुरक्षाप्रतिको विश्वास र आत्मीयता बढाएको बताए।

स्थानीयवासीले पनि सशस्त्र प्रहरीले सञ्चालन गर्ने सामुदायिक सेवा कार्यक्रमले सीमावर्ती बस्ती र सुरक्षा निकायबीचको सम्बन्ध थप सुदृढ भएको प्रतिक्रिया दिएका छन् । सशस्त्र प्रहरी बलले देशका दुर्गम तथा सीमावर्ती क्षेत्रमा अध्ययनरत विद्यार्थी, विपन्न परिवार र विपद्पीडित नागरिकका लागि नियमित रूपमा राहत तथा सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Logo