काठमाडौँ–७ र १० मा रास्वपाको अग्रता

काठमाडौँ–७ र १० मा रास्वपाको अग्रता

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । काठमाडौँ निर्वाचन क्षेत्र नं ७ र १० मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले सुरुआती अग्रता लिएको छ । सो पार्टीका उम्मेदवार गणेश पराजुलीले चार हजार ६७७ मतसहित अग्रता लिनुभएको हो ।

निर्वाचन अधिकृत सविता शर्माका अनुसार नेकपा ९एमाले०का प्रकाश श्रेष्ठले ९०४ मत र नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईले ७२० मत प्राप्त गरेका छन् ।

यसैगरी, काठमाडौँ–१० मा सोही पार्टीका प्रदीप विष्टले पाँच हजार ७६५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत अमृता कुमारी शर्माले राससलाई बताए ।

यसैगरी, नेपाली कांग्रेसका हिमाल कार्कीले एक हजार ७८ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले ९५३ मत प्राप्त गरेका छन् ।

Logo