सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । यो साता लगातार दुई दिन घटेको सुनको मूल्य आज (मंगलबार) बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन हजार ५ सय रुपैयाँले बढेको हो।

योसँगै आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ । हिजो (सोमबार) सुन प्रतितोला तीन लाख एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला चार हजार ६ सय ९० रुपैयाँ रहेको चाँदी मंगलबार १०० रुपैयाँले बढेर प्रतितोला चार हजार ७ सय ९० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।

Logo