काठमाडौं, । स्थानीय बजारमा आज साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ ।
सुन तोलामा ८ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य प्रतितोला सुन २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन २ लाख ९५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै,अघिल्लो दिन ४ हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ४ हजार ४४० रुपैयाँमा कायम भएको छ ।



प्रतिक्रिया