काठमाडौं, – कुमारी बैंक लिमिटेडले क्यूआर कारोबारका आधारमा कर्जा प्रदान गर्ने भएको छ । साना उद्यमीहरूलाई वित्तीय सबलता प्रदान गर्ने उद्देश्य सहित क्यूआर कारोबारका आधारमा कर्जा उपलब्ध गराउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकले उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले ‘देशैभरि वर्षैभरि’ उद्यमी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । यस योजना अन्तर्गत उद्यमीहरूले…