काठमाडौँ, । प्रतिनिधिसभा सदस्य जगदीश खरेल (ललितपुर) ले आफूलाई स्मार्ट टेलिकमको अनियमिताका नाममा अनावश्यक रूपमा मुछिएको दुःखेसो गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले सभामुख डोलप्रसाद अर्याल र पार्टीका सभापति रवि लामिछानेलाई जानकारी दिएर कार्यक्रमको सन्दर्भमा स्वीटजरल्याण्ड गएको अवस्थामा आफूलाई स्मार्ट टेलिकमको भ्रष्टाचारका विषयमा मुछेर आएका समाचारप्रति खेद व्यक्त गरे । पूर्वमन्त्री एवं…