सिरहा । स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको लक्ष्मीपुरपतारी गाउँपालिकास्थित लक्ष्मीपुरपतारीमा ‘कृषि तथा पोषण मेला’ आयोजना भएको छ । राष्ट्रिय कृषक समूह महासङ्घअन्तर्गतको पोषण परियोजनाले बिहीबार स्थानीय पालिकासँगको समन्वयमा मेला आयोजना गरेको हो । प्रमुख अतिथि मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री राजकुमार गुप्ताले मेलाको उद्घाटन गर्दै कृषकहरूलाई पोषणयुक्त र अर्गानिक कृषि उत्पादनमा लाग्न अनुरोध गरे…