काठमाडौं- सरकारले गायक स्व.जेबी टुहुरे (जुठबहादुर खड्गी) लाई जनगायकको उपाधि प्रदान गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले गायक स्व. टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको हो । बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चार…