म्याग्दी, – म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा स्वास्थ्यचौकीको भवन निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना, बागलुङद्वारा रु एक करोड ५९ लाख ७८ हजार लागतमा दुई तले नौ कोठा भएको भवन निर्माण भएको हो । भवनमा दुई आवासीय कोठासहित नौ कोठा, सार्वजनिक शौचालयलगायतका संरचना निर्माण गरिएको निर्माण व्यवसायी भूपेन्द्र खड्काले जानकारी दिए ।…