बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले विभिन्न जिल्ला प्रशासन कार्यालयले व्यक्तिका नाममा दर्ता भएका इजाजत प्राप्त हातहतियार प्रहरी–प्रशासनलाई बुझाउन आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार व्यक्तिका नाममा इजाजतप्राप्त हातहतियार माघ २० गतेभित्र अनिर्वाय रुपमा बुझाउन निर्देशन दिइएको छ । इजाजतप्राप्त हातहतियार…