मोरङ, – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यही भदौ १२ गतेभित्र प्रदेशमा मन्त्रिमण्डल विस्तार हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेपाली कांग्रेसले मन्त्रीको नाम दिनासाथ मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिए । मुख्यमन्त्री कार्कीले यही भदौ १४ गतेदेखि सुरू हुने प्रदेशसभा बैठकमा सहभागी हुने गरी सबै मन्त्री नियुक्त हुने बताए ।…