अत्तरिया कैलाली। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले आयुर्वेद उपचारमा जनविश्वास बढाउन खोजेको बताएका छन् । प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा आज आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयोजना गरेको ‘राष्ट्रिय स्वर्ण प्राशन’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “आयुर्वेद उपचार हाम्रो मौलिक परम्परा हो । हामी सबै हिसाबले सम्पन्न थियौँ । हामीले हाम्रा कुरामाथि विश्वास नगरेका…