काठमाडौं । निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई नयाँ दल दर्ताको प्रमाण पत्र दिएको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल फुटेर बनेको जसपाको दल दर्ता नम्बर १९८ रहेको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावलीको नियम ५ बमोजिम दल दर्ता गरी उक्त प्रमाणपत्र प्रदान गरिएको आयोगले जनाएको छ ।…