काठमाडौँ, – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत् कम्युनिष्ट एकताको पहल थालिएको बताएका छन् । सहिद सप्ताहको अन्तिम दिन आज प्रधानमन्त्री निवासमा सुखानी सहिदका परिवारसँगको भेटमा उनले भने, “सहिदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ ।” तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण…