काठमाडौं, – परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा दुईदिने नेपालको औपचारिक भ्रमणमा आएका भारतीय विदेशमन्त्री डा एस जयशङ्कर भ्रमण सम्पन्न गरी आज स्वदेश फर्फेका छन्। भ्रमणका क्रममा महत्वपूर्ण विभिन्न द्विपक्षीय सहमतिपत्ररसमझदारीपत्रको आदानप्रदान भएको छ। नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन उनी बिहीबार नेपाल आएका हुन्। बैठकमा विकास साझेदारीसहित द्विपक्षीय सहकार्यका सबै पक्षमाथि समीक्षा भएको परराष्ट्र मन्त्रालयले…