काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारूढ दुई प्रमुख दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच आज बालुवाटारमा महत्वपूर्ण छलफल भएको छ । प्रधानमन्त्री निवासमा बसेको बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, एमाले उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री…