काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले लामो समयदेखि रोकिएको कर्मचारीको बढुवाका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई मंगलबार ज्ञापन पत्र बुझाएको छ । कर्मचारी संघले युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थ र राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई ज्ञापन पत्र बुझाएको हो । कर्मचारी संघकी अध्यक्ष सरस्वती…