एपीवान टेलिभिजिनले भूषण दाहालले लिएको दुर्गा प्रसाईंको अन्तर्वार्ता प्रसारण रोक्यो

एपीवान टेलिभिजिनले भूषण दाहालले लिएको दुर्गा प्रसाईंको अन्तर्वार्ता प्रसारण रोक्यो

काठमाडौं एक्सप्रेस

काठमाडौं- एपीवान टेलिभिजिनले भूषण दाहालले लिएको दुर्गा प्रसाईंको अन्तर्वार्ता प्रसारण रोक लगाएको छ ।

दाहालको कार्यक्रम ‘ब्राभो डेल्टा शो’को प्रसारण रोकिएको जानकारी दिएको दाहालले जानकारी दिए । ‘३५ वर्षको मेरो टेलिभिजन यात्रामा पहिलो पटक, बनेर तयार कार्यक्रम हेदै नहेरी व्यवस्थापनको हवाला दिंदै प्रसारण नगरिने जानकारी एपीवान एचडी बाट प्राप्त भएकोले, खेदपूर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु,’ दाहालले भनेका छन् ।

कार्यक्रम रेकर्ड गर्न दाहाल गएको ३ गते झापाको बिर्तामोड गएका थिए ।

प्रसाईंले बिहीबारदेखि काठमाडौंकेन्द्रित सडक संघर्ष गर्दैछन् ।

Logo