एसईई रद्द नगर्न परीक्षा बोर्डक सुझाब

एसईई रद्द नगर्न परीक्षा बोर्डक सुझाब

काठमाडौं एक्सप्रेस

काठमाडौं, – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) रद्द गर्न नहुने बताएको छ । बिहीबार शिक्षा समितिमा शिक्षा विधेयकमाथिको छलफलमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईई परीक्षा रद्द गर्न नहुने बताएका हुन् ।

विधेयकमा कक्षा १० को परीक्षा हराएको छ । १० को परीक्षा हटाएर राम्रो हुन्छ भन्ने छैन’, उनले भने । जनशक्ति कस्तो बनाउने भन्ने कुरा पाठ्यक्रमले निर्देश गर्ने, पाठ्यक्रमको कार्यान्वयन शिक्षण सिकाइमा कसरी भइरहेको र प्रभावकारिता अथवा कस्तो भइरहेको छ भन्ने मूल्याङ्कन गर्ने परीक्षा मार्फत हो भएकोले कक्षा १० को परीक्षा हुन जरुरी रहेको उनको भनाइ छ ।

‘परीक्षा नै नभए विद्यार्थी पढ्न पनि पढ्दैनन् । १० कक्षामा फेल भए विद्यार्थी पढ्छन् । परीक्षाको नतिजाको आधारमा सुधार गर्छन्, उनी भन्छन् ‘तर, १२ कक्षामा फेल भए पढ्दैनन् । त्यसैले बरु प्रदेशिक रूपमा गरौं तर १० कक्षाको परीक्षा रद्द नगरौं ।’ अध्यक्ष शर्माले कक्षा १२ को नतिजा कमजोर देखिरहेको बेला झन् कक्षा ८ पछि १२ मा मात्र परीक्षा लिदा ५० प्रतिशत पनि विद्यार्थी पास नहुने जोखिम रहने बताए ।

जुम्लामा पढ्ने विद्यार्थी र काठमाडौंमा पढ्ने विद्यार्थीको पाठ्यक्रम समान हुने भएकाले विद्यार्थीको शिक्षण सिकाइ स्तर पनि समान बनाउनको लागि राज्यले व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

Logo