झलनाथ खनालले गरेको घोषणाप्रति झाँक्री असहमति

झलनाथ खनालले गरेको घोषणाप्रति झाँक्री असहमति

काठमाडौं एक्सप्रेस

काठमाडौं, – नेकपा एकीकृत समाजवादीको जारी १० औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, महासचिव र सम्मानित नेतामा सर्वसम्मत निर्णय गरेको छ ।

बिहीबार महाधिवेशन हलले अध्यक्षमा माधवकुमार नेपाल, महासचिवमा घनश्याम भूसाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भएको घोषणा गरेको हो ।

अन्य पदाधिकारीको निर्णय सचिवालयले गर्ने महाधिवेशन हलमा सम्मानित नेता झलनाथ खनालले घोषणा गरेका थिए ।

महाधिवेशनअघि सचिव रहेकी रामकुमारी झाँक्रीले खनालको उक्त घोषणामा असहमति जनाएकी छन् ।

सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘अध्यक्ष र महासचिवको सर्वसम्मत गर्न म समेतको प्रयास सफल भएको हो । तर अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनाललाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म सर्वसम्मत गर्यौं÷भयो भनेर प्रतिनिधिहरूलाई घर पठाउने म्यान्डेट कसले दियो ? को पदाधिकारी ? को सदस्य, खै त खनाल कमरेड ?’

Logo