काठमाडौं, – अविरल वर्षाका कारण चन्द्रागिरी नगरपालिका वडा नं. २ मसिनेमा आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३९ वर्ष गर्वे तामाङ र उनको श्रीमती ३६ वर्षीया सविना तामाङ रहेका छन् । त्यस्तै, पहिरोमा परि उनकी आमा ठूलीमाया तामाङ, छोरी बिनिसा घाइते भएका छन् ।
घाइतेको उपचार एपीएफ अस्पताल सतुङ्गलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया