काठमाडौं, – परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन भएकी छन् ।
बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकले सर्वसम्मतिले उनलाई बेल्जियमका लागि राजदूत अनुमोदन गरेको हो । उनी अहिले परराष्ट्र सचिव छिन् ।
उनलाई समितिले अनुमोदन गर्नुअघि नेपाली कांग्रेसका सांसद ज्ञानबहादुर कार्कीले देशको हितमा काम गर्न सक्नुहुन्छ भनेर प्रश्न सोधेका थिए ।
‘राजदूत भनेको अवकाशको जीवन जिउने भनिन्छ, देशको हितमा काम गर्नुहुन्छ,’ उनको प्रश्न थियो ।
त्यसको जवाफमा लम्सालले भनिन्,‘मसँग भूराजनीतिमा काम गरेको अनुभव छ । देशको लागि मिल्ने कुरा गरेर देखाउँछु ।’
उनलाई मन्त्रिपरिषदको बैठकले सिफारिस गरेपछि संसदीय सुनुवाई समितिको बैठकले अनुमोदन गर्ने÷नगर्ने विषयमा सुनुवाई गरेको थियो । भदौ १३ गते बसेको मन्त्रिपरिषदको बैठकले उनलाई सिफारिस गरेको थियो। उनीविरूद्ध इसरायलका कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठको उजुरी परेको थियो।
समितिले अनुमोदन गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन् ।
प्रतिक्रिया