काठमाडौं- सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको छ । उक्त प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने कास्की प्रहरीको हिरासतमा छन् ।
लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लीला पछाई तथा रामबहादुर खनाललाई पनि म्याद थपका लागि प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको हो । उनीहरूमाथि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पोखरामा अनुसन्धान सकिएसँगै प्रहरीले लामिछानेलाई बुटवल लैजाने तयारी गरेको छ । बुटवलमा पनि उनीमाथि सहकारीको रकम अपचलन प्रकरणमै अनुसन्धान हुने प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया