ललितपुर– महालक्ष्मी नगरपालिकाले ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रमसहित मनाएको छ। ‘सबै महिला तथा बालिकाको लागि अधिकार, समता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ शुक्रबार नगरपालिकाले खुला कविता प्रतियोगिता आयोजना गरी दिवस मनाएको हो। कार्यक्रमको उद्घाटन नगर प्रमुख हरिगोविन्द श्रेष्ठले गरेका थिए। उनले महिला अधिकार, समानता, र सशक्तिकरणका लागि सबै तह र तप्काबाट सहकार्य…