ललितपुर– डिभिजन वन कार्यालय, ललितपुरले लुभु–इमाडोल सडक किनार वृक्षारोपण महालक्ष्मी नगरपालिकालाई हस्तान्तरण गरेको छ । महालक्ष्मी ५ च्यानडाँडामा शुक्रबार बिहान भएको कार्यक्रममा वागमती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्काले नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठलाई वृक्षारोपण हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा मन्त्री खड्काले नगरपालिकाकाले संरक्षकत्वमा लुभु–इमाडोल सडक किनारमा हरियाली प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्…