काठमाडौं,– सातै प्रदेशका मुख्यमन्त्रीहरू भोलि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न काठमाडौँ आउँदै छन्। स्रोतकाअनुसार बिहीबार साँझबाट हेटौंडामा सुरु भएको सात वटै प्रदेशका मुख्यमन्त्रीहरूको बैठकबाट आएको निष्कर्ष र निर्णयहरू लिएर उनीहरू प्रधानमन्त्री दाहाललाई भेट्न काठमाडौँ आउन लागेका हुन्। मुख्यमन्त्रीहरू बिहीबारदेखि बाग्मती प्रदेशको राजधानी हेटौँडामा प्रादेशिक तथा स्थानीय अधिकार सुनिश्चित गर्ने विषयमा छलफलमा जुटेका छन्। संवैधानिक अधिकार प्रत्यायोजनमा…