काठमाडौं- सत्तारुढ नेकपा (एमाले)ले पार्टी सचिवालय बैठक बोलाएको छ । आइतबार साँझ ५ बजे नेकपा (एमाले) केन्द्रीय कार्यालय च्यासलमा पार्टीको सचिवालयको बैठक तय भएको छ । बैठकमा समसामयिक विषयसँगै पार्टी कार्यालय निर्माण लगायतका विषयमा छलफल हुने छ ।