काठमाडौं- निर्वाचन आयोगले नेपाली कांग्रेस पार्टीको आधिकारिकता गगन थापा पक्षलाई प्रदान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले पार्टीको विशेष महाधिवेशनलाई वैध ठहर गर्दै सो महाधिवेशनबाट भएका निर्णयहरू अद्यावधिक गर्ने निर्णय गरेको हो । आयोगको कानुन शाखाका स्रोतका अनुसार विशेष महाधिवेशनपछि चयन भएको नेतृत्वलाई पार्टीको आधिकारिक नेतृत्वका रूपमा अभिलेखमा अद्यावधिक गर्ने निर्णय गरिएको हो ।…