ललितपुर- महालक्ष्मी नगरपालिका वडा नम्बर ५ ले आफ्नो वडाबाट एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ । शनिबार टिकाथलीमा वडाध्यक्ष कपिल केसीको सभापतित्व तथा बागमती प्रदेशका पूर्वस्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्यतामा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गरिएको हो । कार्यक्रममा वडा नम्बर ५ का ५ वटा विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गरिएको वडाध्यक्ष केसीले…