काठमाडौँ, २० असोज : राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेले जितिया पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखले आज बेग्लाबेग्लै शुभकामना सन्देश जारी गरी जितियाजस्ता मौलिक पर्वले सामाजिक एकता र सद्भाव प्रवद्र्धनमा योगदान गर्ने विश्वास व्यक्त…