ललितपुर- महालक्ष्मी नगरपालिकाले शैक्षिक सत्र २०८१ का विभिन्न परीक्षा तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक तथा विद्यालयहरूलाई विशेष समारोहबीच सम्मान गरेको छ । इमाडोलस्थित वेस्ट विङ माध्यमिक विद्यालयमा आयोजित ‘उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालय सम्मान कार्यक्रम २०८२’ मा नगरभित्रका शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विद्यार्थी, शिक्षक र संस्थाहरूलाई पुरस्कृत गरिएको हो ।…