ललितपुर– महालक्ष्मी नगरपालिकाले पहिलोपटक अन्तर्राष्ट्रिय सिटीसँग भगिनी सम्बन्ध विस्तार गर्ने तयारी गरेको छ । मंसिर ५ गते काठमाडौंमा एक कार्यक्रमबीच महालक्ष्मी नगरपालिकाले छिमेकी राष्ट्र चीनको च्याङ्सी प्रान्तको जिन्गानशान सिटीसँग भगिनी सम्बन्ध कायम गर्ने नगर प्रमुख हरिगोविन्द श्रेष्ठले जानकारी दिए । जिन्गानशान सिटीका उच्च अधिकारीहरु भगिनी सम्बन्ध कायम गर्ने सम्बन्धीको सम्झौतापत्रमा हस्ताक्षर गर्न काठमाडौं आउने भएका…