काठमाडौं, – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र राष्ट्रिय सभा सदस्यसमेत रहेका नेता कृष्णप्रसाद सिटौला प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुबाटार पुगेका छन् । प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटवार्ताका लागि बोलाएका थिए । सभापति देउवाले महामन्त्री थापासहित सिटौलालाई पठाएका हुन् । सभापति देउवाले नयाँ बानेश्वरमा संसदीय दलको बैठक चलिरहेको बेला प्रचण्डले बोलाएको जानकारी गराएका थिए…