विराटनगर, – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिन एमाले सांसदहरूले हस्ताक्षर गरेका छन् । कार्कीलाई समर्थन गरेका ३९ जना नै प्रदेश सभा सदस्यहरूले समर्थन फिर्ता दिन हस्ताक्षर गरेका हुन् । असोज २७ गते संविधानको धारा १६८(५) अन्तरगत मुख्यमन्त्री बनेका केदार कार्कीलाई एमालेका ३९ जना प्रदेश सभा सदस्यहरूले हस्ताक्षर गरेर समर्थन गरेका थिए…