काठमाडौं, – सर्वोच्च अदालतले झापाका दुर्गाप्रसाद प्रसाईंका अंगरक्षक भनिएकालाई हतियार राख्न दिएको विषयमा गृह मन्त्रालयलाई प्रश्न गरेको छ । न्यायाधीशहरू नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मंगलबार इजाजतपत्रवाला प्रसाईंले जिल्ला प्रशासन कार्यालय झापाबाट उक्त हतियार राख्न पाउने गरी लिएको इजाजतपत्र नवीकरणबारे गृहसँग सोधेको हो । प्रसाईंको मेडिकल कलेजसम्बन्धी मुद्दामा सुनुवाइ भइरहेका बेला सर्वोच्च अदालत…