काठमाडौं, – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट विकासको सपना देख्न नसकिने बताएका छन्। पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा लगत्तै आइतबार सञ्चारकर्मीसँग संवाद कार्यक्रममा बोल्दै उनले सो दाबी गरेका हुन्। अध्यक्ष ओलीले वर्तमान सरकारको कार्यशैलीबाट, कुशासनको चक्रव्यूह, भ्रष्टाचार र कमिशनतन्त्रलाई निरन्तरता दिन नसकिने पनि जिकिर गरे।…