काठमाडौं– अघिल्लो वर्ष काठमाडौं उपत्यकामा डेंगी संक्रमण उच्च तहमा पुग्यो । खासगरी उपत्यकाकै एकमात्र महानगर काठमाडौं महानगरपालिकाले डेंगी नियन्त्रणमा प्रभावकारी काम नगरेकै कारण आसपासका नगरपालिका संक्रमित भएको भन्दै मेयर बालेन शाहको आलोचना भएको थियो । काठमाडौं महानगरपालिकासँग जोडिएको ललितपुरको महालक्ष्मी नगरपालिकाले डेंगी संक्रमणबाट जोगिन यसपटक भने तीब्र अभियान सुरु गरेको छ । नगरपालिकाका मेयर हरिगोविन्द…