काठमाडौं– मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले साउदी अरेबियाको मक्कामा आयोजना हुने विश्वभरका धार्मिक विभागहरूको पहिलो सञ्चार सम्मेलनमा भाग लिनुभएको छ । सम्मेलनमा सहभागी हुन अध्यक्ष अन्सारी दुई दिनअघि साउदी अरेबियाको मक्का पुग्नुभएको थियो । सम्मेलनमा ८० देशका प्रतिनिधि सहभागी रहेको अध्यक्ष अन्सारीले जानकारी दिनुभयो । सम्मेलनमा शिक्षा र विश्वशान्तिका सम्बन्धमा छलफल भएको छ ।…